वैदेशिक रोजगारीका नाममा ठगीः कानूनी व्यवस्थाको वेवास्ता मुख्य कारण

असार २, २०८२ | काठमाडौं
सरकारी तथ्याङ्क अनुसार पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीका नाममा ठगी हुनेको संख्या २ हजार भन्दा बढीले बढेको छ । संस्थागत रुपमा सरकारले बैदेशिक रोजगारीमा जान सकिने गरि बाटो खुुला गरे पनि व्यक्तिगत रुपमा श्रमका लागि विभिन्न मुुलुुकमा पुुग्ने र जाने तयारीमा रहेकाहरु ठगिने क्रम बढ्दै गएको छ । श्रमका लागि सम्झौता नभएका देशमा सीप र क्षमता विना नै जान खोज्नुु तथा कानुुनी व्यवस्थाको वेवास्ता गर्नु लगायत कारणले ठगीका घटना बढेको सरोकारवाला बताउँछन् ।
भिसा प्रक्रियाको काम गरिदिने कम्पनीले वेवास्ता गर्दा मोटो रकम बुझाएकी चितवनको भरतपुर महानगरपालिका ४ की अञ्जु कँडेल वैदेशिक रोजगारीका नामा ठगीएको एक वर्ष बढी भयो । सामाजिक सञ्जालमा राखिएको आकर्षक विज्ञापनका आधारमा केयर किभर भिसाका लागि प्रक्रिया अघि बढाएकी कँडेलले केहीदिन अघि चितवनमा पत्रकार सम्मेलन गर्दै आफू ठगीएको बताएकी हुन् । भिसा प्रक्रियाका लागि काम गर्ने सो कम्पनीले मोटो रकम असुलेर वेवास्ता गरेपछि उनीजस्तै कैयौं व्यक्ति समस्यामा परेका छन् । यी त एक उदाहरण मात्र हुन् यस्ता कैयौं घटना बाहिर आउन सकेका छैनन् । बैदेशिक रोजगार विभागका अनुसार समेत चालु आर्थिक वर्षको वैशाखसम्म ठगीका ९ हजार ८ सय ६६ उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीको नाममा ठगी हुने क्रम बढ्नुमा व्यक्तिमा बढेको महत्वकांक्षा मुख्य भएको वैदेशिक रोजगार विभागका प्रवक्ता एवं उप–महानिर्देशक चन्द्रबहादुर शिवाकोटी बताउँछन् ।
वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै विभिन्न व्यक्तिबाट ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले केहीदिनअघि मात्रै पनि मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मालाई पक्राउ गरेको थियो । यस्ता समाचार दैनिक जसो सार्वजनिक हुुँदै आएका छन् । प्रहरीले विभिन्न अभियानमार्फत ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गरि कानुनी कारबाही गर्दै आए पनि यसमा संलग्न हुनेको संख्यामा भने कमी आउन सकेको छैन । आर्थिक लगायत विवादास्पद कारोबारका विषयमा अनुुसन्धानका लागि प्रहरीमा नयाँ संयन्त्र गठन गरिएको प्रहरी महानिरिक्षक दीपक थापाले बताए ।
सरकारी तथ्याङ्क अनुुसार यसअघि आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार ७ सय ६३ र आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ३ सय ५६ वटा ठगीका घटनाहरु हुने दर्ता भएको छ । ठगीमा संलग्नलाई प्रहरीले दैनिक जसो विभिन्न क्षेत्रबाट पक्राउ समेत गर्दै आएको छ । तरपनि ठगी हुनेको संख्या कम हुन सकेको छैन भने पीडितको संख्यामा समेत बृद्धि हुँदै गएको छ । ठगीका घटनाबारे सरोकारवाला निकायलाई जानकारी गराउँदा समेत समस्या सम्बोधन हुन नसकेको कतिपय पीडितहरुको गुनासो छ ।
विगत वर्षको तुलनामा चालुु आर्थिक वर्षमा ठगीको घटना व्यापक बढेको छ । एक वर्षको अवधिमा ठगीका घटना ७ हजार ७ सय ६३ बाट बढेर ९ हजार ८ सय ६६ पुुगेको छ । भिजिट भिसा लिएर विभिन्न मुलुक पुुग्ने र त्यतै रोजगारीको अवसर मिलाईदिने भन्दै पनि कतिपय गिरोहले सर्वसाधारणसँग मोटो रकम असुुलिरहेका छन् । पछिल्लो समय भने अनुसारको काम नपाउने तथा तलब कम पाएको भन्दै उद्दारका लागि समेत माग हुने गरेको आप्रवासन र वैदेशिक रोजगारीमा ठगीएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएको संस्था पिपुुल्स फोरमका सोनुु लुुइँटेलको बझाई छ ।
वैदेशीक रोजगारीका नाममा ठगीनुमा व्यक्ति आँफै सचेत नहुनु र कानुनी आधारलाई वेवास्ता गर्नु मुख्य कारण देखिएका छन् । सरकारले श्रम सम्झौतानै नगरेको मुलुकमा समेत जाने प्रवृत्ति बढ्दा समस्या भएको सारोकारवाला बताउँछन् ।
वैदेशिक रोजगारीको नाममा ठगीका घटनामा व्यापक वृद्धि हुनुमा व्यक्तिगत लापरवाही सँगै राज्य संयन्त्रले प्रभावकारी रुपमा काम गर्न नसक्नुलाई लिन सकिन्छ । एकातर्फ सरकारले वैदेशिक रोजगारीका लागि श्रम सम्झौता गरेका देशहरुमा समेत भएका अवसरबारे नागरिक स्तरमा पर्याप्त जानकारी पुुर्याउन सकेको छैन भने अर्कोतर्फ बढी रकम बुझाएर अवैध रुपमा वैदेशिक रोजगारीमा जान खोज्नेको संख्या बढ्दो छ । त्यसैले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न सबै पक्ष गम्भीर हुन आवश्यक छ ।