आयोडिन युक्त नून प्रयोग गर्न मन्त्रालयले आग्रह

जेष्ठ १४, २०८० | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोडिनको कमीका कारण देखिने विभिन्न समस्याबाट बच्न आग्रह गरेको छ । आयोडिनको कमी हुन नदिनका दुई बालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नून प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको हो । 

आयोडिनको कमीबाट गलगाँड आउने, गर्भावस्थामा समस्या, मानसिक र बौद्धिक क्षमतामा कमी आउने, शिशुको दिमागको विकास राम्रोसँग नहुने जस्ता समस्या देखिने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया