साउदी अरेबियाबाट आएका एकजना पुरुषमा एमपक्स पुष्टि

असार ८, २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउदी अरेबियाबाट आएका एकजना पुरुषमा एमपक्स पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ती पुरुषको अहिले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि २०८० असार १ गते नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्सको यो चौथो केस भएको उहाँले बताउनुभयो । सामान्यतया मध्य तथा पश्चिम अफ्रिकी देशमा देखिने यो रोग अन्य देशमा पनि देखिएको भन्दै सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले लामखुट्टेको टोकाईबाट हुने डेंगी पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

मनसुन सक्रिय भएसँगै किटजन्य रोग बढ्ने भन्दै विभिन्न खालका संक्रमणको जोखिम रहेकाले सचेत रहनुपर्ने भएको हो । 


प्रतिक्रिया