कोरोना २६ जिल्लामा

असार १५, २०८२

पछिल्लो एक साताको अवधिमा देशका विभिन्न भागमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको ग्राफ बढ्दो रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार विभिन्न २६ जिल्लामा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनअघि कोरोना संक्रमणका कारण इलामकी ४१ वर्षिया महिलाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 


प्रतिक्रिया