सरकारले भोलि र पर्सी भिटामिन ए र जुकाको औषधी खुवाउँदै

कार्तिक १६, २०८० | काठमाडौं

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

 मन्त्रालयले भोलि र पर्सि दुई दिन, छ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उम्मेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

प्रत्येक वर्ष कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय भएपनि यसवर्ष दसैं परेकाले भोलि शुक्रबार र शनिबारका लागि सारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नजिकैको स्वास्थ्य चौकीमा गएर महिला स्वास्थ्य स्वयंसेविका मार्फत् आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले प्रत्येक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।


प्रतिक्रिया