सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

असार ९, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविरल वर्षाका कारण झाडापखाला, हैजा र डेंगीको खतरा बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सधैं उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह पनि गरेको छ । काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान दिन पनि भनिएको छ । यस्तै खुल्ला रुपमा दिशा–पिसाब नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिशापिसाब गरीसकेपछि साबुनपानीले मिचिमिचि हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच, एडिस जातका लामखुट्टेको टोकाईबाट डेंगी हुने भएकाले टोकाइबाट बच्न पनि केन्द्रले आग्रह गरेको छ । घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जालीहाल्न र जुनसुकै बेला सुत्दाझूलको प्रयोग गर्न र पुरै शरीर ढाक्ने लुगा लगाउन र सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । यसैबीच, मुलूकभर ७२ वटा जिल्लामा फैलिएको डेंगीका कारण एक हजार २ सय ४१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 


प्रतिक्रिया