नरैनापुरमा ’झाडापखालाबाट’ एक जनाको मृत्यु

भाद्र २३, २०८१ | बाँके

बाँकेको नरैनापुर गाउँपालिकामा ‘झाडाबान्ता’बाट एक जनाको मृत्यु भएको छ । ‘झाडाबान्ता’बाट थलिएकी नरैनापुर गाउँपालिका–६ गंगापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको उपचारका क्रममा मृत्यु भएको हो । 

पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गरिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । 

उपचारका क्रममा उनको मृत्यु भएको चिकित्सकले जनाएका छन् । केही दिनअघि नरैनापुर–३ गेग्ली गाउँमा ’झाडाबान्ता’बाट ४ जनाको मृत्यु भएको थियो । 

यस्तै जानकी गाउँपालिका पाँच बेलहरीका ३४ वर्षीय एक पुरुषको पनि ’झाडाबान्ता’बाट मृत्यु भएको छ ।


प्रतिक्रिया