थप तीन प्रतिष्ठान र बीएण्डसीबाट एमबीबीएस पढाई हुने

भाद्र २२, २०८१

चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठान र एउटा प्राइभेट अस्पताललाई एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ । आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको हो । यस्तै प्राइभेटतर्फ बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिलाई चिकित्साशास्त्रको स्नातक तह एमबीबीएसमा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति दिइएको चिकित्सा शिक्षा आयोगको योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्राध्यापक डाक्टर सुजनबाबु मरहठ्ठाले जानकारी दिनुभयो । 

आयोगले तीन वटै प्रतिष्ठानलाई ५०÷५० जना विद्यार्थी पढाउन मिल्ने गरी सिट निर्धारण गरेको हो । यस्तै बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिलाई पनि ५० जना विद्यार्थीलाई अध्यापनका लागि सिट निर्धारण गरिएको हो । जम्मा सीटसंख्या २ हजार १ सय ४० रहेकामा प्राइभेटलाई एक हजार ५ सय ७५ र सार्वजनिक अस्पताल तथा प्रतिष्ठानलाई ५ सय ६५ सिट निर्धारण गरिएको उहाँले बताउनुभयो । गत वर्ष एमबीबीएसका लागि एक हजार ९ सय २५ सिट निर्धारण गरिएकामा यस वर्ष २ हजार १ सय ४० पु¥याइएको पनि निर्देशक मरहठ्ठाले बताउनुभयो । यस्तै बीएससी नर्सिङ तर्फको सिट संख्या पनि बढाएको आयोगले जनाएको छ । सरकारी प्रतिष्ठान र चलेका अस्पतालमा गरी बीएससी नर्सिङ तर्फ पनि सीट संख्या बढाएर एक हजार ९ सय ९० पुर्‍याइएको छ । गत वर्ष सो संख्या एक हजार ७ सय २० मात्र थियो ।

यसैबीच एमडीएमएस अध्ययन गरीरहेको चिकित्साशिक्षाका विद्यार्थीलाई सरकारी अस्पतालले दिदैं आएको सेवा सुविधाका लागि पनि आयोगले पहल गरेको जनाएको छ । प्राइभेट अस्पतालले सरकारी अस्पतालको तुलनामा सेवा सुविधामा कन्जुस्याईं गरेको भन्दै निर्देशक मरहठ्ठाले सबै विद्यार्थी उस्तै हुने भन्दै पहल थालेको बताउनुभयो । एमडीएमएस गर्ने विद्यार्थीको संख्या १५ सयको हाराहारमिा रहेको पनि उहाँले बताउनुभयो । एमबीबीएस र बीएससी नर्सिङमा सीट थप गरेसँगै स्वास्थ्य क्षेत्रको जनशक्ति उतपादनमा टेपवा पुग्ने उहाँको भनाई छ । 


प्रतिक्रिया