सेतो पुतलीको संसर्गबाट टाढा रहन सरकारको आग्रह

भाद्र १७, २०८१ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेतो पुतलीको संसर्गबाट टाढा रहन आग्रह गरेको छ । यसको संसर्गबाट दृष्टिनाशक रोग शापू हुन सक्ने भन्दै टाढा बस्न मन्त्रालयले आग्रह गरेको हो ।

नेपालको मध्य पहाडी भेगमा शापूको महामारी देखिने गरेको मन्त्रालयले जनाएको छ । शापूको लक्षण देखिएको ४८ देखि ७२ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्ने भन्दै सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । सबै उमेर समूहमा शापू देखिने भएपनि विशेषगरी बालबालिकामा बढी पाइएको मन्त्रालयको भनाई छ ।

सेतो पुतली मोथलाई शापू कारक मानिएपनि कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका व्यक्तिमा पनि शापू लागेको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको छ । एक्कासी एउटा मात्र आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, उपचारमा ढिलो भए कालो नानीमा सेतो देखिनु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु शापूका लक्षण हुन् ।


प्रतिक्रिया