आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह

पुस २६, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्दा , हिटर बाल्दा र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । यस्ता उपकरणको प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरु घटिरहेको भन्दै मन्त्रालयले सावधानी पूर्वक प्रयोग गर्न आग्ह गरेको हो । ती उपकरणको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभए कार्बन मोानेअक्साइड जम्मा हुने र यसले स्वास्थ्यमा गम्भीर असर गर्नुका साथै ज्यानमा जोखिममा हुने भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको हो । 

आगो ताप्ने हिटर बाल्नेवा गिजर चलाउने कार्य हावा ओहोरदोहोर हुने स्थानहरु व कोठामा मात्र गर्न, कोइला आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्रीहरु नजिक नराख्न, र आगो तापीसकेपछि त्यसलाई पूर्ण रुपले निभाउन समेत मन्त्रालयले आग्रह गरेको छ । यस्तै सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुप बाहिर खुला ठाउँमा जडान गर्न, गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयले भनेको छ । 

आगो तथा हिटर ताप्दा वा गिजरको प्रयोग गर्दा टाउको दुख्ने, रिंगटा चल्ने आदि लक्षण देखिए तुरुन्त झ्याल ढोका खुला गरि हावा ओहोरदोहोर गराउन वा खुला ठाउँमा जनान पनि मन्त्रालयले आग्रह गरेको छ । यस्तो गर्दा पनि लक्षणहरु कम नभए वा अवस्था अझै खराब भए अस्पताल गई चिकित्सकको परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ ।  


प्रतिक्रिया