काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै
कार्तिक ३०, २०८१ | काठमाडौं
मौसमी प्रणाली सकिएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
विश्वका १ सय २१ प्रदूषित शहर मध्ये काठमाडौं उपत्यका नवौंं स्थानमा रहेको वायु प्रदूषण मापन गर्ने सूचक एक्युआईले देखाएको छ । शुन्यदेखी ५० सम्मको एक्यूलाई सामान्तया स्वस्थकर मानिन्छ । ५१ देखी १ सय सम्मलाई मध्ययम मानिन्छ ।
यस्तै १ सय १ देखी एक सय ५० सम्मको एक्यूआई संवेदनशील र १ सय ५१ देखी २ सय लाई अस्वस्थकर मानिन्छ । काठमाडौंको एक्यूआई १ सय ६२ रहेको छ । ७ सय १८ एक्यूआई भएको पाकिस्तानको लाहोर शहर सबैभन्दा बढी प्रदूषीत शहर बनेको छ ।
त्यहाँको वायु प्रदूषण मावन स्वास्थ्यका लागि निकै घातक मानिएको छ । भारतको नयाँ दिल्ली दोस्रो स्थानमा तथा बंगलादेशको ढाका प्रदूषीत शहरको तेस्रो स्थानमा छन् ।
वायु प्रदूषण बढ्न थालेसँगै सावधानी अपनाउन र सकेसम्म माक्स लगाएर हिँड्न चिकित्सकले सुझाव दिएका छन् ।