आयुर्वेदिक औषधी उत्पादनको गति तीब्र बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
पुस ४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको आयुर्वेदिक औषधी उत्पादनको गति तीब्र बनाउन निर्देशन दिनुभएको छ । वैद्यखानाको अवस्थाबारे अनुगमन गर्दै मन्त्री पौडेलले आयुर्वेदिक औषधीको बजार व्यवस्थापनमा कठिनाई नहुने भन्दै तीब्र बनाउन निर्देशनदिनु भएको हो । औषधी उत्पादनका लागि आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।
मन्त्री पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिमा कार्यरत कर्मचारीको तलब व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो । औषधी उत्पादनका लागि जडीबुटी पनि पछिल्लो केहीवर्ष यताखरिद गर्न छाडेको कर्मचारी बताउँछन् । जडीबुटी खरिद नगर्दा औषधि उत्पादन कार्य ठप्प बनेको छ ।