सीएमसी र भरतपुर महानगरबीच स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता
मंसिर २, २०८१ | काठमाडौं
चितवनस्थित भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच नगरवासीको स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार महानगरपालिकाभित्रका स्थानीयको उपचारका क्रममा सो मेडिकल कलेजले ५० प्रतिशत सम्म छुट दिने भएको हो ।
मेडिकल कलेजबाट प्रदान गरिने सम्पूर्ण उपचार सेवाको शुल्कमा ३० प्रतिशत तथा औषधीमा ७ र सम्पूर्ण स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने गरि आज सम्झौता भएको हो ।
यस्तै महानगरपालिकाको सिफारिसका आधारमा उपचारका लागि पुग्ने बिरामीले उपचार शुल्कमा थप १० प्रतिशत छुट पाउने गरि सम्झौता भएकोे महानगरपालिकाले जनाएको छ ।