सामसङ ग्यालेक्सी ए ५५ र ए ३५ स्मार्टफोन सार्वजनिक

चैत्र ६, २०८० | काठमाडौं

सामसङ इलेक्ट्रोनिक्सले ए सिरिजका आफ्ना दुई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार आफ्ना दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ए ५५ फाइभ जी र ग्यालेक्सी ए ३५ फाइभ जी गरी दुई नयाँ मोडेल सार्वजनिक गरेको हो । 

दुवै मोबाइलमा सामसङ नक्स भउल्ट जस्ता उच्च स्तरका सुरक्षा फिचर समावेश छन् । जसले मोबाइलमा स्टोर गरिएका निजी डेटा इन्क्रिप्ट गरेर सुरक्षित रहन्छन् । यस्तोमा मोबाइल हराएमा वा चोरी भएमा तपाईंको डेटामा पहुँच बनाउन दिंदैन ।

साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमता र भिजन बूस्टरको साथ प्रयोगकर्ताको परिवेश अनुरुप समायोजन हुने शानदार डिसप्ले रहेको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी ए ५५ फाइभ जी र ग्यालेक्सी ए ३५ फाइभ जीले प्रतिस्पर्धी मूल्य बिन्दुमा उच्च प्रविधि उपलब्ध गराउने सामसङले जनाएको छ । दुवै फोनमा ६.५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड १४ मा आधारित यी फोनमा चार वर्षको ओएस, एउटा यूआई अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट प्राप्त हुनेछ ।

८/१२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए ३५ फाइभ जीको मूल्य ४६ हजार ९ सय ९९ रुपैयाँ र ८/२५६ जीबी स्टोरेज भेरियन्टको ए ५५ फाइभजी फाइभ जीको ५१ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

त्यसैगरी ग्यालेक्सी ए ५५ फाइभ जीको ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ रहेको छ । यी दुवै फोनमा २५ वाटको सामसङ चार्जर पनि निःशुल्क पाइनेछ ।

ग्राहकले ग्यालेक्सी ए ५५ फाइभ जी र ग्यालेक्सी ए ३५ फाइभजी इन्स्टा फाइनान्समा सरल किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

अब ग्राहकले ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी इन्स्टा फाइनान्समा सरल किस्तामा शून्य प्रतिशत ब्याजमा पनि खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसको लागि ग्राहकले आफ्नो नागरिकता मात्र भए पुग्छ । 

यो सेवा मार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्राण्डका स्मार्टफोनको मूल्याङ्कनमा थप २ हजार ५०० रुपैयाँ बोनस पाउनेछन् । 

कम्पनीका अनुसार सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा १ हजार ५ सय रुपैयाँ बोनस पाउनेछन् । यी सुविधा नेपाल भरि नै उपलब्ध छ ।


प्रतिक्रिया