सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १७ फाइभ जी
कार्तिक २०, २०८२ | काठमाडौं
सामसङले नेपालमा ग्यालेक्सी एम १७ फाइभ जी सार्वजनिक गरेको छ ।
नयाँ लन्च गरिएको स्मार्टफोनमा प्रिमियम डिजाइन, मजबुत, टिकाउपन र अत्याधुनिक एआईको फिचर रहेको सामसङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सो स्मार्टफोनमा पहिलोपटक अप्टिकल इमेज स्ट्याबिलाइजेसन ओआईएस प्रविधि समावेश गरेको सामसङले जनाएको छ ।
सो फिचरले जहाँ भएपनि स्थिर र स्पष्ट फोटो तथा भिडियो लिन सकिने सामसङको भनाइ छ । सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले सो स्मार्टफोन निडर, सिर्जनात्मक र सधैं गतिशिल रहनेका लागि बनाइएको हो ।
सो स्मार्टफोन देशभरका सामसङको आधिकारीक बिक्री केन्द्र, अनलाइन स्टोर, सामसङ प्लाजाबाट उपलब्ध हुने सामसङले जनाएको छ । सो स्मार्टफोन ४ जीबिसहितको मूल्य २५ हजार ९ सय ९९ र ६ जीबीको २७ हजार ९ सय ९९ रहेको छ ।







