सामसङद्वारा एकैपटक ३ प्रकारका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

चैत्र १८, २०८१ | काठमाडौं

दक्षिण कोरियाली स्मार्ट फोन निर्माण गर्ने कम्पनी सामसङले एकैपटक विभिन्न ३ प्रकारका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । 

सामसङले आफ्नो नायाँ उत्पादनहरु ग्यालेक्सी “ए फिप्टीसिक्स फाइभ जी, ए थटीसिक्स फाइभ जी र ए ट्वान्टी सिक्स फाइभ जी” नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गर्दै सार्वजनिक गरेको हो ।

 सार्वजनिक भएको ए सिरिजको नयाँ फोनमा पहिलोपटक असम इन्टिलिजेन्स प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालकालागि “ग्यालेक्सी ए फिप्टीसिक्स फाइभ जी र ए थटीसिक्स फाइभ जी” बजारमा उलब्ध छ भने “ए ट्वान्टी सिक्स फाइभ जी” भने अर्को साताबाट नेपाली बजारमा उपलब्ध हुनेछन् ।

 सार्वजनिक भएका फोन खरिदका लागि उपभोक्ताहरुलाई इएमआई को समेत सुविधा दिइएको छ । जसकालागि शुन्य प्रतिशत ब्याजदरमा प्रतिमहिना २ हजार ३ सय रपैयाँ भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया