सामसङको युवा सशक्तिकरण अभियान जारी
पुस १२, २०८१ | काठमाडौं
सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरणलाई निरन्तरता दिएको छ ।
पछिल्लो पटक कम्पनीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।
पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित भएको बताइएको छ ।
कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा सुशील बज्राचार्य लगायत सहभागी थिए ।