भिभोले सार्वजनिक गर्यो एक्स २०० प्रो

फाल्गुन १३, २०८१ | काठमाडौं

भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, “भिभो एक्स२०० प्रो” नेपालमा ‘लन्च’ गरेको छ । काठमाडौँस्थित एक होटेलमा आज एक कार्यक्रमकाबीच सो स्मार्टफोन सार्वजनिक गरिएको हो । कार्यक्रमलाई अझविशेष बनाउन, भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभोएक्स २०० प्रोलाई अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा नयाँ अध्यायको शुरुवात गरेको छ ।

‘भिभो एक्स २०० प्रो’ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्च मार्क कायम गर्दै जाइस् लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटीसँगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको कम्पनीले दाबी गरेको छ । कार्यक्रममा बोल्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले ‘एक्स२०० प्रो’ प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागि ल्याइएको बताए ।

सो स्मार्ट फोनमा २०० मेगापिक्सेलको ‘जाइस् एपिओ’ क्यामेराले अद्वितीय तस्वीर अनुभव प्रदान गर्दै, जाइस् टि स्टार कोटिंग मार्फत जुम गरिएका तस्वीरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउँछ । पोट्र्रेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोग्राफी प्रेमीहरूलाई उन्नत अनुभव प्रदान गर्नेछन् ।

यसमा १÷१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोट्र्रेट भिडियो क्षमता, १२० एफपीएस ‘स्लो मोसन’ र ४ के ६० एफपीएस डल्बी भिजन डल्बी भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई थप आकर्षक र प्रभावशाली बनाउँछ ।

भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ, जसले उच्च कार्यक्षमता प्रदान गर्छ । १२–कोर जीपीयूको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ ।

यसमा ६००० एमएएच ब्याट्रीसहित, ९० वाट फ्याल्स चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ, जसले द्रुत चार्जिङ अनुभव प्रदान गर्छ । थप रूपमा, तेस्रो–पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी–सोलिड ब्याट्री टेक्नोलोजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट ब्याट्री प्रदर्शन सुनिश्चित गर्छ ।

भिभो एक्स २०० प्रोलाई एआई सक्षम स्मार्टफोनको रुपमा डिजाइन गरिएको छ । जसमा गुगल जेमिनीएआई प्रविधि समाबेश छ, जसले इमेल लेखन र सिकाइका अवसरहरू सहज बनाउँछ ।

एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टु सर्चजस्ता सुविधाले खोजीप्रक्रियालाई तीव्र बनाउँछ, जबकि एआई ईरेज, फोटो इन्ह्यास र स्याडो रिमुवलले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउँछ ।

फनटच ओएस १५ मा सञ्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप राखिएको छ, जसले लक स्क्रिन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्छ । साथै, ‘सेफ डेटा पर्ज’ फिचरले व्यक्तिगतजानकारी पूर्ण रूपमा मेट्न सक्ने सुविधा प्रदान गरेको छ ।

भिभो एक्स २०० प्रोको प्री–बुकिङ मार्च ४ सम्म खुला रहनेछ, जसको मूल्य रु. १ लाख ८४ हजार ९ सय ९९ निर्धारण गरिएको छ । प्री–बुकिङ गर्ने ग्राहकहरूलाई लागि रु. १० हजार ००० क्यास ब्याकको सुविधा उपलब्ध हुनेछ । सो स्मार्टफोन मार्च ५ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइनमार्फत बिक्री सुरु हुनेछ ।   


प्रतिक्रिया