ग्यालेक्सी ए फिप्टीसिक्स फाइभजी सोमबारबाट नेपाली बजारमा आउने

चैत्र ८, २०८१ | काठमाडौं
विश्व बजारमा लोकप्रिय रहेको स्मार्ट फोन कम्पनी सामसङले नेपाली प्रयोगकर्तालाई आफ्नो नयाँ उत्पादन ग्यालेक्सी ए फिप्टीसिक्स फाइभ जीको प्रि–अर्डर खुला गरेको छ ।
शुक्रबारबाट सुरु भएको प्रि अर्डर सोमबारसम्म जारि रहने सामसङ नेपालले जनाएको छ । सो नयाँ फोनमा पहिलोपटक भिजुअल अनुभव गर्न मिल्नेगरि एआई प्रविधिको अनुभव गर्न सकिने कम्पनीको दाबी छ । हालकालागि २ हजार रुपैयाँ भुक्तानी गरि ग्यालेक्सी ए फिप्टीसिक्स फाइभ जीको प्रि–अर्डर गर्न सक्नेछन् । प्रि–अर्डर गर्नेहरुले ७ हजार ९ सय ९९ रुपैयाँ पर्ने ग्यालेक्सी फिट थ्री मोडलको स्मार्ट वाच समेत प्राप्त गर्नेछन् ।

यहि मार्च २४ बाट प्रयोकर्ताका लागि खुला हुने सो फोनको मुल्य स्टोरेजका आधारमा ७० हजार ९ सय ९९ र ६५ हजार ९ सय ९९ तोकिएको छ । हालका लागि ३ वटा रङमा सो मोडलका फोनहरु बजारमा उपलब्ध हुनेछ । सो फोन खरिद गर्न चाहानेले मासिक ३ हजार ३ सय रुपैयाँको किस्ताबन्दी समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।