पुनर्निर्माणका लागि बजेट व्यवस्थापन प्रमुख चुनौती : सीईओ ज्ञवाली

रेडियो कान्तिपुर संवाददाता

पुस १२, २०७५ | काठमाडौं

The Headliners with Sushil Gyawali ( Chief Executive Officer, National Reconstruction Authority ) | Radio Journalist Tejendra Kafle | 27 December 2018

पुनर्निर्माणका लागि बजेट व्यवस्थापन प्रमुख चुनौती : सीईओ ज्ञवाली 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेको छ । योबीचमा ४५ प्रतिशत काम सम्पन्न गरेको प्राधिकरणले कार्यकालको बांकी २ वर्षमा ५५ प्रतिशत काम सक्ने लक्ष्य लिएको छ । पछिल्लो समय स्थानीय तहको सक्रियताले पुनर्निर्माणमा थप हौसला मिलेको बताउदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा देखिएका सवै गुनासो र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्स्थापना योजनाका लागि करिब १० खर्ब लाग्ने अनुमान गरेको प्राधिकरणका सीईओ ज्ञवालीले ६७ अर्ब राहत, उद्धार र अन्य कार्यक्रममा खर्च भइसकेको जानकारी दिनुभयो । बजेटको व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गर्दै उहाँले अन्तराष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयांको प्रतिबद्धता आएको बताईएपनि वास्तविक रकम ३ खर्ब ४३ अर्ब मात्रै भएको र ६२ अर्ब रुपैयाँको लागि मात्रै सम्झौता भएको बताउनुभयो ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

 

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am


प्रतिक्रिया