आत्महत्या नियन्त्रणका लागि राज्यकै भुमिका प्रमुख रहन्छ : पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्रसिंह भण्डारी

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash Pathak | 19 August 2019

नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरिक्षक राजेन्द्रसिंह भण्डारीले बढ्दो आत्महत्याका घटना नियन्त्रणका लागि सरकारकै भुमिका प्रमुख रहने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दि हेडलाईनर्समा आज बिहान कुराकानी गर्दै उहाँले सरकारी निती तथा सामाजिक परामर्शको अभावका कारण यो दर बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो । युवामा देखिने डिप्रेशनको अवस्थालाई सुधार गर्न सके, आत्महत्याको दरमा कमी आउने भण्डारीको तर्क थियो । राज्यका निकायहरुले निपक्षरुपमा समाजिक उत्तरदायीत्व बहन गर्न सके पनि यस्ता घटना नियन्त्रण हुदै जाने उहाँको भनाई थियो ।


प्रतिक्रिया