प्रधानमन्त्री केपी ओली आज पुन सिंगापुर जानुहुदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर जाँदैछन्। उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको नेताहरूलाई ब्रिफिङ गरेका छन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए। त्यसबेला उनले औषधिको मात्रा परिवर्तन गरेका थिए। त्यही औषधिको प्रभावबारे फलोअप गर्न जान लागेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए।

बिहीबार दिउँसो साढे १ बजे ओली सिंगापुर प्रस्थान गर्नेछन्। एक सातासम्म बस्ने भनिए पनि फर्किने मिति यकिन भएको छैन। उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका छन्। संविधान दिवस आउन १ महिना बाँकी छ।

‘अर्को चुनाव सामनागर्न तयार रहनुहोस्’

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे अफवाह फैलाइएको भन्दै चुनाव लड्न तयार रहन विपक्षीलाई चुनौती दिएका छन्। गृह मन्त्रालयमा बुधबार संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा उनले विरोधीहरू आफूसँग चुनाव लड्न तयार नदेखिएको बताए।

‘म भोलि सिंगापुर जाँदै छु, केही दिनका लागि। अचम्म लाग्छ, विरोधीहरू कति कमजोर भएछन्, ऊ बाँचोस् तैपनि मुकाबिला गर्छौं भन्नु छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्, त्यस्तासँग मलाई केही भन्नु छैन,’ उनले भने, ‘त्यस्तो चाहनेहरूलाई म आउँदो चुनाव पनि सामना गर्न तयार रहन भन्न चाहन्छु।’

मरिगए हुन्थ्यो भन्नेलाई आउँदो चुनाव ‘टफ’ हुने भन्दै उनले अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि सुरु गर्न चुनौती दिए। ‘म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्षअगाडि बिरामी थिएँ, अब १५ वर्ष अखडामा सामेल छु, बाँकी १५ वर्ष अखडामै हुन्छु,’ उनले भने।

प्रमुख राष्ट्रिय समाचार

* स्वस्थ्य फलोअपका लागि प्रधानमन्त्री केपी ओली आज पुन  सिंगापुर जानुहुदै

* सगरमाथा क्षेत्रमा आगामी जनवरी देखि प्लास्टिक जन्य वस्तुको प्रयोगमा पुर्ण प्रतिवन्ध लगाईने/

* ब्रेक्जिटको समय नजिकिएसंगै बेलायती प्रधानमन्त्री जोनसनद्धारा युरोपेली मुलुकका प्रमुखहरुसंगको छलफललाई तिव्रता/फ्रान्सेली राष्ट्रपति म्याक्रोसंग भेटबार्ता हुदै

 र

* आसन्न अण्डर १९ एसियाकप क्रिकेटमा आस्चर्यजनक नतिजा निकाल्ने प्रशिक्षक दासको दावी/प्रतियोगिता अघिको अभ्यास खेल्न आगामी शनिवार श्रीलङका जाने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया