सीमा मिचिएको विषय भारतसंग निर्धक्क भएर उठाएको हाम्रै पालामा हो : रक्षामन्त्री पोखरेल

माघ ८, २०७६

The Headliners | Journalist Anil | 22 January 2020 | 8 Magh 2076

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले भारतले सीमा मिचेको विषय पहिलो पटक केपी ओली सरकारले निर्धक्क साथ उठाउन सकेको बताउनुभएको छ । सीमा समस्या समाधानका लागि उच्चस्तरीय बार्ताका लागि पहल भईरहेको भन्दै उहाँले केहीदिन भित्रै परिणाममुखी बार्ता हुने दावी गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले नेपालले आफ्नो राजनीतिक नक्सा जारी गर्दैमा समस्याको समाधान नहुने बताउनुभयो । संसंदमा पर्याप्त छलफल गरेपछि मात्रै एमसीसीको विषय टुङ्गो लगाईने उहाँको भनाई छ ।


प्रतिक्रिया