राजनीतिक भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्री नै सक्रिय हुनुपर्छ : खेमराज रेग्मी

माघ १०, २०७६ | काठमाडौं

मुलुकको भ्रष्टाचार नियन्त्रणमा केही सकारात्मक सङ्केत देखिए पनि राजनीतिक भ्रष्टाचार नियन्त्रणमा उच्च राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने सुझाव ट्रान्सपरेन्सी ईन्टरनेशल नेपालका अध्यक्ष खेमराज रेग्मीले दिनुभएको छ । ईन्टरनेशनले हिजो सार्वजनिक गरेको भ्रष्टाचार अवधारणको सूचकांकमा नेपालले ११ स्थान सुधार गरेको देखिएको थियो । अघिल्लो वर्ष १ सय २४ औं स्थानमा रहेको नेपाल यस वर्ष १ सय १३ औं स्थानमा उक्लिएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइर्समा कुरा गर्दै रेग्मीले राज्यका केही निकायको सक्रियताले भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा केही सुधार भए पनि राजनीतिक भ्रष्टाचार नियन्त्रण नभएसम्म अन्य क्षेत्रको सुधारले जनतामा आशा नजगाउने बताउनुभयो । त्यसका लागि स्वयं प्रधानमन्त्रीनै सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो

कर असुली सम्बन्धी न्यायालयको निर्णय, नेपाली सेनामा देखिएको पारदर्शिता, जनताले आफ्नै घरदैलोमा पाउने राज्यका सुविधाका कारण पनि भ्रष्टाचार नियन्त्रणमा केही सुधार देखिएको पूर्वसचिव समेत रहनु भएका रेग्मीले बताउनुभयो । तर, केन्द्र देखि स्थानीय तहसम्म राजनीतिक भ्रष्टाचारको अवस्था डरलाग्दो भएको उहाँले उल्लेख गर्नुभयो । मुलुक संघीय संरचनामा गइसकेपछि विकासको नयाँ अवधारणासँगै भ्रष्टाचार पनि स्थानीय तहसम्मै पुगेको उहाँले बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया