सरकार चाहिनेभन्दा बढी प्रतिक्रियात्मक भएको छ : मुमाराम खनाल, राजनीतिक विश्लेषक

फाल्गुन ४, २०७६ | काठमाडौं

रेडियो कान्तिपुर संवाददाता

राजनीतिक विश्लेषक मुमाराम खनालले सरकार चाहिनेभन्दा बढी प्रतिक्रियात्मक भएको टिप्पणी गर्नु भएको छ । सरकारको २ वर्षे कार्यकालको समीक्षा गर्दै उहाँले आप्mैंले गरेका वाचा पूरा गर्न असफल भएकाले केपीशर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु पनि प्रतिक्रिया दिनमा केन्द्रित भएको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै विश्लेषक खनालले केरुङबाट रेलको सपनमाबाट उदाएको सरकार गोकर्ण फरेस्ट रिसोर्टको जग्गामा गएर अस्ताएको उल्लेख गर्नुभयो ।

अघिल्लो सरकारहरुलाई विकास खचृ गर्न सकेन भनेर आलोचना गर्ने दुई तिहाईको सरकारको खर्च पनि १८ प्रतिशत ननाघेकोमा उहाँले आश्चर्य प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले संसदमा हिजो सरकारको कामकारबाहीको फेहरिस्त प्रस्तुत गर्ने क्रममा पनि विपक्षीलाई बढी निशाना बनाउनु भएको उहाँको ठम्याई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :