संकटमा चिन्ता र त्रास होईन सकारात्मक सोचको विकास गरौ : डा सगुनबल्लभ पन्त

चैत्र १३, २०७६ | काठमाडौँ

The Headliners | Journalist Prakash | 26 March 2020 | 13 Chaitra 2076

विश्वब्यापी संकटका बेला मनोबैज्ञानिक त्रासबाट मुक्तका लागि सकारात्मक बिषयमा समय व्यतित गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । त्रिबि शिक्षण अस्पातालका मनोचिकित्सक डा सगुनबल्लभ पन्तले यो अवस्था आफु बलियो भएर परिवारका सदस्यहरुलाई पनि नकरात्मक सोचबाट मुक्त गर्न उहाँको सुझाव छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै डा पन्तले त्यसका लागि मनोरञ्जन र योग साधना तथा पढ्ने बानीको विकास गर्न आग्रह गर्नुभयो ।

कठिन परिस्थितीमा नागरिकले पनि आफ्नो दायित्व सहज रुपमा निर्वाह गनुपर्ने अहिलेको आवश्यक्ता रहेको डा पन्तको भनाई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया