छुचो मुखले राष्ट्रियताको बिषय समाधान हुँदैन : डा.मिनेन्द्र रिजाल

जेष्ठ १८, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 31 May 2020 | 18 Jestha 2077

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नक्सा अद्यावधिक गर्दै निसान छाप परिमार्जनका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेसले संस्थागत निर्णय गरेपछि संविधान संशोधनका लागि दुई तिहाई पुग्ने निश्चित भएको छ । सरकारले आजको प्रतिनिधिसभा बैठकमा संशोधन विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा।मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिकांश विषयमा असन्तुष्टि रहेपनि राष्ट्रियताको बिषयमा कांग्रेसले साथ दिने उल्लेख गर्नुभयो। पर्याप्त छलफल बिना सरकारले विधेयक ल्याएपनि सो पछिको पर्स्थितिबाट कांग्रेस पछि नहट्ने उहाँको भनाई थियो । कांग्रेसलाई दोष देखाउँदै विधेयक कार्यसूचीबाट हटाउनु दुखद भएको बताउदै डा।रिजालले विधेयकमा सर्वसम्मत जुटाउन नसक्नु प्रधानमन्त्री ओलीको कमजोरी भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले मुलुकलाई थप संकटमा पुर्‍याउने दाबी गर्दै उहाँले दुई देशबीच सौहार्दपूर्ण वातावरण निर्माणका लागि पहल गर्न सुझाउनुभयो । आजका चुनौतीको सामना गर्न ठूलो छाती लिएर अघि बढ्न प्रधानमन्त्री ओलीलाई उहाँको सुझाव थियो ।

फरक प्रशंगमा डा।रिजालले सरकारले ल्याएको बजेटले स्वास्थ्य क्षेत्रको माग सम्बोधन गर्न नसकेको बताउनुभयो । शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई सही दिशा दिन साझा अठोटको बाटो खोजेर अघि बढ्न सरकारलाई उहाँको सुझाव थियो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया