राष्ट्रियताको पक्षमा उभिने नेताले नेकपाको नेतृत्व गर्छ : देव गुरुङ

असार २५, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 9 July 2020 | 25 Asar 2077

नेकपा स्थायी कमिटी सदस्य एवं मुख्य सचेतक देव गुरुङले बैचारिक अन्तरबिरोधका कारण पार्टीमा बारम्बार विवाद देखिने गरेको बताउनुभएको छ । पार्टी र मुलुक साम्राज्यवादबाट मुक्त हुन नसकेका कारण बारम्बार समस्या देखिने गरेको तर्क गर्दै उहाँले वर्ग संघर्ष र अन्तर संघर्षबीच कायम विवादको प्रभाव पार्टीमा परेको बताउनुभयो । पार्टी एकीकरणका समय आत्मसाथ गरेका सिद्धान्त र सहमतिलाई आधार बनाउदै अघि बढे पार्टीले निकास पाउने दाबी नेता गुरुङको थियो ।

मुख्य सचेतक गुरुङले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने नेताले आगामी दिनमा पार्टीको नेतृत्व गर्ने तर्क गर्दै दुई अध्यक्षबीचको छलफलबाट निकास निस्कने विश्वास व्यक्त गर्नुभयो । सहमति भएन भने प्रजातान्त्रिक पद्यतिबाट समस्याको समाधान हुने उहाँको भनाई थियो । पछिल्लो समय हिमालयन रेन्जमा युद्ध भड्काउने गरी भइरहेका योजनालाई परास्त गर्दै राष्ट्रियताको पक्षमा नेताहरु उभिए पार्टी एक भएर जाने नेता गुरुङको तर्क थियो ।

नेता गुरुङले राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिदै नेकपा एकजुट भएर जाने विश्वास ब्यक्त गर्नुभयो ।


प्रतिक्रिया