विपत्तिलाई आफै जिउन सक्ने अवसरका रुपमा लिनुपर्छ : सन्तोष मरहठ्ठा

असार २७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 11 July 2020 | 27 Asar 2077

नेपालमा कृषिको संभावना अधिक भएपनि राज्यको नितिका कारण यसले व्यवसायिक बाटो तय गर्न नसकेको बिज्ञहरुले बताएका छन् । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै कृषि तथा बन बिज्ञान विश्वबिद्यालय रामपुरका सह प्राध्यापक सन्तोष मरहठ्ठाले त्यसमा राज्यको कमजोर नितीनै मुख्य कारक रहेको बताउनुभयो । जिउनका लागि गरिदै आएको कृषिलाई व्यवसायिक स्वरुप दिन नसक्दा खाद्यान्न आयात गर्नुको विकल्प नभएको भन्दै अब त्यसको स्वरुप नै परिवर्तन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । अहिलेको विपत्तिले आफै जिउने पाठ सिकाएको बताउदै उहाँले यसलाई अवसरका रुपमा लिएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

युवाहरुको आत्मबल बढाउनका लागि कागजी प्रक्रियामा मात्र नभई कार्यान्वयनकै पाटोलाई सरकारले ध्यान दिनुपर्ने मरहठ्ठाको भनाई थियो ।


प्रतिक्रिया