२०२० सम्म झण्डै २ लाख पर्यटक आउने अनुमान छ : वोर्ड सदस्य दास

असार २८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 12 July 2020 | 28 Asar 2077

कोभिड १९ ले मुलुकको पर्यटकीय क्षेत्रमा ठूलो असर गरेको छ । पर्यटन बोर्डको तथ्थाङक अनुसार कोभिड १९ का कारण पर्यटन क्षेत्रमा पछिल्लो करिव ४ महिनाको अवधीमा झण्डै ३ लाखले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी गुमाएका छन् । भ्रमण वर्ष स्थगित भएसंगै करिव ८५ अर्व नयाँ लगानी डुवेको पर्यटन बोर्डका सदस्य अवधेश दासले जानकारी दिनुभयो । कोभिड १९ ले मुलुकको पर्यटन क्षेत्रमा अनिश्चितता वढेको तथा वाह्य पर्यटक आउने सम्भावना कम रहेकाले अव आन्तरिक पर्यटन प्रर्वद्धन गरिने दासले बताउनुभयो । यद्यपी आगामी सेप्टेम्वरबाट अन्तराष्ट्रिय हवाई उड्ड्न खुला हुने सम्भावना बढेकाले सन २०२० को अन्त्य सम्ममा १ लाख ८० हजार पर्यटक आउने अपेक्षा गरिएको उहाले बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान उहाँले भन्नुभयो, सेप्टेम्वरबाट हवाई प्रतिवन्ध खुल्ला गर्ने र अवस्था सामान्य बन्दै गयो भने यो वर्ष १ लाख ८० हजार पर्यटक आउने अनुमान छ ।

यद्यपी अव आन्तरिक पर्यटन प्रर्वदनलाई प्रोत्साहन गरिने उहाँको भनाई छ । नेपालीले वार्षिक ५५ अर्व रुपैया हाराहारीमा वैदेशिक भ्रमणमा खर्च गर्ने गरेको भन्दै उहाँले सो रकम मुलकभित्रै खर्च गर्न सकिए पर्यटन क्षेत्रमा ठूलो राहत हुने बताउनुभयो ।


प्रतिक्रिया