दुई अध्यक्षबीचको सहमति मान्य हुँदैन : वरिष्ठ नेता झलनाथ खनाल

असार २९, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 13 July 2020 | 29 Asar 2077

राष्ट्रिय राजनीतिमा नेकपा भित्रको विवाद सुल्झिएको छैन । स्थायी कमिटी एकसाताका लागि स्थगित गरेर नेकपाका शीर्ष नेताहरु सक्रिय छन् । विवाद समाधानका लागि स्थायी कमिटी बैठक नै स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय छलफल जारी छ ।

नेकपा भित्र देखिएको विवाद समाधानका लागि शीर्ष तहमा छलफल जारी रहेका बेला वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीचको सहमति मात्र मान्य नहुने बताउनुभएको छ । अध्यक्षबीचमा भएको सहमति स्थायी कमिटीले अस्वीकार गर्नपनि सक्ने बताउदै उहाँले विवाद समाधानका लागि पार्टी बैठकमै छलफल आवश्यक रहेको तर्क गर्नुभयो । ७ दशक लामो इतिहास बोकेको पार्टी कुनै नेताको स्वार्थमा नफुट्ने दाबी गर्दै वरिष्ठ नेता खनालले सानो झुण्ड चोइटिएर गएपनि पार्टीमा कुनै असर नपर्ने उल्लेख गर्नुभयो ।



प्रतिक्रिया