नेकपाको नेतृत्वले जग हसाएर जात्रा देखाउन थाल्यो : चित्रबहादुर केसी

श्रावण १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 28 July 2020 | 13 Shrawan 2077

राष्ट्रिय राजनितिका महत्वपुर्ण बिषय ओझेलमा पार्दै सत्ता र शक्तिको संर्घषमा नेताहरु लाग्नु मुलुकका लागि दुर्भाग्य भएको जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीले बताउनुभएको छ । मुलुक कठिन परिस्थितीसंग जुघिरहेका बेला नेकपाको नेतृत्वले देखाएको जात्राले मुलुक दुर्घटनाउन्मुख बाटोमा अघि बढेको उहाँको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अध्यक्ष केसीले यो अवस्थाले पाएका उपलब्धी समेत गुम्ने खतरा बढेको स्पष्ट पार्नुभयो ।

मुलुकको समग्र घटनाक्रमलाई जनताले नजिकबाट नियालिरहेको भन्दै अध्यक्ष्ँ केसीले जनताले आगामी निर्वाचनबाट त्यसको निर्णय लिने दाबी गर्नुभयो ।


प्रतिक्रिया