ओलीको राजिनामा एजेण्डागत रुपमा आएको छैन : रामनारायण बिडारी

श्रावण २८, २०७७

The Headliners | Journalist Prakash | 12 August 2020 | 28 Shrawan 2077

नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र पछिल्लो समय देखिएको अन्तरकलह पद र सत्ताका लागि नभई बिधि र पद्धतीकै भएको नेता रामनारायण बिडारीले बताउनुभएको छ । पार्टीको निर्देशन अनुसार सरकार चल्नुपर्नेमा त्यो हुन सक्दा अन्तरबिरोध चुलिएको बिडारीको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको बिषय औपचारिक रुपमा नआएको स्पष्ट पार्नुभयो । केहि नेताले व्यक्तिगत रुपमा उठाएको बिषयले प्रधानता पाउदा राजिनामाको चर्चा चुलिएको बिडारीको तर्क थियो । कोरोना माहामारी नियन्त्रण तथा विपदबाट पिडित जनतालाई राहात दिन सरकारले पर्याप्त ध्यान दिन नसकेको बताउदै उहाँले सर्बदलीय संयन्त्र बिना नियन्त्रण कठिन हुने दाबी गर्नुभयो ।


प्रतिक्रिया