नेकपा फुट्दैन, बिधी र बिधान अनुरुप समस्या समाधान हुन्छ : बरिष्ठ नेता खनाल

मंसिर ८, २०७७

The Headliners | Journalist Prakash | 23 November 2020 | 8 Mangsir 2077

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखिएको विवाद बिधीसम्मत समाधान हुने बरिष्ठ नेता झलनाथ खनालले दाबी गर्नुभएको छ । पछिल्लो समय सतहमा देखिएको विवादलाई प्रक्रिया अनुरुपनै समाधान गर्ने बताउदै बरिष्ठ नेता खनालले त्यसका लागि पार्टी नेतृत्व सक्ष्ँम रहेको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै बरिष्ठ नेता खनालले तिक्ततापुर्ण संर्घषको सफल अवतरण हुने स्पष्ट पार्नुभयो । पार्टीभित्र समस्या आउदा नेता कार्यकर्ता आत्तिएको बताउदै नेता खनालले कुनै हालतमा पार्टी नफुट्ने दाबी गर्नुभयो । समस्यालाई चुनौतीको रुपमा मात्र नभई अवसरका रुपमा पनि लिएर अघि बढ्नुपर्ने बताउदै नेता खनालले पार्टीलाई सहि मार्गमा हिडाएर थप मजबुत बनाउने उपयुक्त समय पनि अहिले आएको जिकिर गर्नुभयो ।


प्रतिक्रिया