सत्तामा पुगेपछि नागरिकभन्दा म फरक हूँ भन्ने सोच नै नेताहरुको गलत छ : घिमिरे युवराज

माघ २, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 15 January 2021 | 2 Magh 2077

शिल्पी नाट्य समूहका निर्देशक एवं नागरिक आन्दोलनका अगुवा घिमिरे युवराजले सत्ता र शक्तिमा पुगेपछि आफूलाई जनताभन्दा फरक देखाउन खोज्ने नेताहरुको सोच र व्यवहार नै गलत र घातक भएको बताउनुभएको छ । यसैका कारण नागरिकमा निराशा र आक्रोश एकसाथ बढिरहेको उहाँले उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले विधि र पद्दतिले खान लाउन दिन्छ भनेर प्रधानमन्त्रीले नै जनतालाई प्रतिप्रश्न गर्ने मुलुकमा नागरिकले जति नै प्रश्न गर्ने पनि केही हुन्न कि भन्ने भावना बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

आलोचना सहन नसक्ने र आफ्नो गुणगान मात्रै खोज्ने शासकले त्यही अनुसार काम गर्नुपर्नेमा झन् झन् उल्टो गर्दै हिंड्दा खबरदारी गर्नु आफूहरुको कर्तव्य भएको घिमिरेको भनाइ थियो । राजनीतिबाट कोही पनि बाहिर रहन नसक्ने भए पनि नेताको पछि लाग्ने र पार्टीको झण्डामात्रै बोक्ने भन्दा पनि सामाजिक राजनीतिलाई अघि बढाउन उहाँको सुझाव थियो ।


प्रतिक्रिया