गृहकार्य नपुगेको भ्रमणलाई उपलब्धिमुलक मान्न सकिन्न : डा. उद्धव प्याकुरेल

माघ ६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 19 January 2021 | 6 Magh 2077

परारष्ट्र मामिला जानकार डा. उद्धव प्याकुरेलले पर्याप्त गृहकार्य नगरी भएको पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणलाई उपलब्धिमुलक मान्न नसकिने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै डा. प्याकुरेलले परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग भनेको द्विदेशीय सबै तह र तप्काका समस्या–एजेन्डाको अन्तिम छिनोफानो गर्ने र टुंगो लगाउने राजनीतिक संयन्त्र भएपनि त्यसमा नै सीमा विवादबारे छलफल नहनुले पनि भ्रमणको सान्दर्भिकता प्रष्ट पार्ने बताउनुभयो । काम चलाउ हैसियतामा पुगेको सरकारले निर्वाचनपछि आउने सरकारले दुई देशबीच रहेका मतान्तरका बारेमा छलफल गर्ने भन्दै अहिलेको भ्रमणलाई थाती राख्नु पर्नेमा राजनीतिक उदेश्य पूर्तिका लागि मात्रै भ्रमण गराएको उहाँको भनाइ थियो । भ्रमण द्विपक्षीय सम्बन्धका जटिलतालाई हल गर्ने प्रयत्नभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका पछिल्ला राजनीतिक कदमहरूप्रति छिमेकीको समर्थन हासिल गर्ने थप प्रयासजस्तो बन्न पुगेको डा. प्याकुरेलको विश्लेषण थियो । यद्यपि त्यसमा पनि नेपाली पक्षले चाहेजस्तो उपलब्धि नभएको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया