कांग्रेसले अब विवेकसम्मत निर्णय लिन्छ : नेता डा.मिनेन्द्र रिजाल

माघ ७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 20 January 2021 | 07 Magh 2077

मूलुकमा  उत्पन्न गतिरोध अन्त्य गर्दै संविधानको रक्षाका लागि नेपाली कांग्रेसले विवेकसम्मत निर्णय गर्ने नेता डा.मिनेन्द्र रिजालले बताउनुभएको छ । लोकतन्त्रको रक्षाका लागि आफुहरु सधैं प्रतिबद्ध रहेको भन्दै नेता रिजालले आफुहरु पहिलो दिनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिवादमा उत्रिएको स्पष्ट पार्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले सिमित स्वार्थका पछि नेपाली कांग्रेस नलाग्ने जिकिर गर्नुभयो । आफुहरुले हरेक संकटबाट मूलुकलाई जोगाउने गरेको स्मरण गर्दै नेता रिजालले आफ्नो दायित्वबाट भाग्ने छुट फेरि पनि नरहेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया