महाधिवेशन अब पनि तोकिएको मितिमा नभए पार्टीको आधिकारिकता नै धरापमा पर्छ : बद्री पाण्डे

फाल्गुन ७, २०७७

The Headliners | Journalist Pawan | 19 February 2021 | 07 Falgun 2077

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको महाधिवेशन अब पनि तोकिएको समयमा नभए त्यसले आधिकारिकता नै गुम्ने खतरा औंल्याउनु भएको छ । संवैधानिक प्रावधानलाई टेकेर अन्तिम पटकका लागि ६ महिना म्याद थप भएको र आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने बाध्यात्मक स्थितिमा काँग्रेस रहेको उहाँको भनाइ थियो । रेडियो कान्तिपुरको नियमति कार्यक्रम दी हेडलाइनर्समा आज कुरा गर्दै नेता पाण्डेले महाधिवेश गर्न नसकेको दोष पार्टी सभापतिलाई मात्रै दिएर अरु नेताहरुले उम्किन नपाउने तर्क गर्नुयभो। जिम्मेवारी र पदीय हैसियत अनुसार सबैले आ–आफ्नो भागको जिम्मा लिनुपर्ने उहाँको कथन थियो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका सर्वसम्मरुपमा परिमार्जनसहित पारित भएकाले आन्तरिक राजनीतिभन्दा पनि मुलुककै राजनीतिक अवस्थाका बारेमा शीर्ष नेताहरुले धारणा राखेको नेता पाण्डेले बताउनुभयो । पुस ५ गतेको काँग्रेसको निर्णयनै अहिलेका लागि पार्टीको मार्गदशक सिद्धान्तजस्तै भएकाले त्योभन्दा भिन्न कोणबाट आउने ब्याख्या र विश्लेषण नेताहरुको व्यक्तिगत मात्रै भएको उहाँले सुनाउनुभयो ।


प्रतिक्रिया