संसदीय दलमा प्रधानमन्त्री बहुमतमै हुनुहुन्छ, राजिनामा किन दिने ? : सुभास नेम्वाङ

फाल्गुन १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 25 Febraury 2021 | 13 Falgun 2077

नेकपा ओली समूहका नेता सुभास नेम्वाङले संसदीय दलमा प्रधानमन्त्री अझै पनि वहुमतमै रहेको दावी गर्नुभएको छ । प्रतिनिधीसभा पुर्नस्थापनापछि पनि राजनीतिक रुपमा थुप्रै विषय व्यवस्थापन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान नेता नेम्वाङले संसदीय दलमा वहुमत देखाउन नेकपा दाहाल नेपाल समूहलाई चुनौती दिनुभयो । पार्टी व्यबहारिक रुपमा फुटेपनि कानुनी रुपमा नफुटेको भन्दै नेता नेम्वाङले संसदमा नेकपा ओलीकै पक्षमा बहुमत पुग्ने दावी गर्नुभयो ।


प्रतिक्रिया