सबै पार्टीका युवाबीच समन्वय भए नेतृत्व हस्तान्तरण सहज हुन्छ : वचनबहादुर सिंह

फाल्गुन २१, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 05 March 2021 | 21 Falgun 2077

राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष वचनबहादुर सिंहले राजनीतिमा पुस्तान्तरण वा नेतृत्व हस्तान्तरणका लागि सबै पार्टीका युवा नेताबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ । युवा पनि विचार र सिद्धान्तका आधारमा विभक्त हुँदा एउटै आवाज उठाउन नसकिएको उहाँको भनाइ थियो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै अध्यक्ष सिंहले मुलुकको ४० प्रतिशतभन्दा बढी जनसंख्या युवा हुने तर दलको नेतृत्वमा युवा नहुने भन्ने हुनै नसक्ने उल्लेख गर्नुभयो ।

आफू अप्ठेरो स्थितिमा युवा संघको नेतृत्वमा पुगेको भन्दै सिंहले चैत मसान्तभित्र संगठनको काम सक्ने र त्यसपछि युवालाई राजनीतिक प्रशिक्षण प्रदान गर्ने उल्लेख गर्नुभयो । बढ्दो बेरोजगार अन्त्य गर्न युवालाई उत्पादन र स्वरोजगारमुलक कार्यक्रमसँग जोड्ने कार्यक्रम युवा संघले सञ्चालन गर्ने उहाँले बताउनुभयो । संगठन, समृद्धि र सचेतना गरी तीन स लाई युवा संघले आफ्नो मुलमन्त्र बनाएको अध्यक्ष सिंहको दावी छ । राष्ट्रपति, प्रधानमन्त्री लगायत सम्मानित व्यक्ति र संस्थामाथि हुने अनर्गल प्रचार र सामाजिक सञ्जालको दुरुपयोग रोक्न पनि आफूहरुले अभियान सञ्चालन गरेको सिंहले बताउनुभयो ।


प्रतिक्रिया