पार्टी एकतालाई खलल पुग्ने अभिव्यक्ति कसैले दिन हुन्न । अहिले मुखको तितो फाल्ने बेला हैन : खगराज अधिकारी

चैत्र १, २०७७

The Headliners | Journalist Pawan | 14 March 2021 | 1 Chaitra 2077

नेकपा एमालेका नेता खगराज अधिकारीले अहिलेको समय संक्रमणकालीन भएकाले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने बेला नभएको बताउनु भएको छ । सर्वोच्चको फैसलापछि नेकपा एमाले ब्यूँतिएको र पहिले अलग समूहमा रहेका नेताहरुलाई पुरानै पार्टीमा फर्किन समय लाग्ने उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाईनर्समा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका अधिकारीले माओवादी केन्दबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन गर्नका लागि विधानमा रहेको व्यवस्था प्रयोग गरेर बाधा अड्काउ फुकाइएको बताउनुभयो । माधव नेपाल पक्षका नेताहरुलाई हटाइएको नभई अध्यक्ष र महासचिवबाहेकका पद नराखिएको भनेर बुझ्न नेता अधिकारीले आग्रह गर्नुभयो ।

नवौं महाधिवेशनले दिएको म्यानडेट अनुसार ७० वर्षको उमेर हद लगाउने पक्षमा आफू व्यक्तिगत रुपमा एक्लै भएपनि उभिने उहाँले स्पष्ट पार्नुभयो । तत्कालका लागि कम्युनिष्ट शक्तिहरुबीचको एकता सम्भव नदेखिए पनि कालान्तरमा मुलुक र कम्युनिष्ट आन्दोलनकै लागि पनि त्यो अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । त्यो दिशामा बाधा र व्यवधान उत्पन्न हुने खालका कृयाकलाप नगर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।


प्रतिक्रिया