युद्धको मैदानबाट सेनापति भागे जसरी सर्वसाधरणको उपचारबाट राज्य पन्छिन मिल्दैन : गगन थापा

वैशाख १८, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 01 May 2021 | 18 Baisakh 2078

नेपाली कंग्रेसका नेता एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले कोभिड १९ संक्रमितको उपचारबाट राज्य पन्छिन नमिल्ने बताउनुभएको छ । कोभिड १९ को दोस्रो लहरको जोखिम न्यूनिकरण गर्ने उपाय छाडेर सरकारले नै हात उठाउनु बिडम्वना भएको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरुकै बेवास्ताका कारण कोरोना महामारी बढेको उहाँले बताउनुभयो ।

कमजोर पूर्वाधारकाबीच सरकारले संक्रमण नियन्त्रणमा प्रभावकारी व्यवस्थापन गर्न नसकेको थापाको भनाई छ । सर्वदलीय संयन्त्र बनाएर कोभिड १९ विरुद्ध साझा सहकार्य गर्नुपर्ने भएपनि सरकारले यता तर्फ ध्यान पुर्‍याउन नसकेको थापाको भनाई छ । कोभिड १९ विरुद्धको पूर्व तयारी नभएको तथा अघिल्लो वर्षको महामारीबाट पनि सरकारले पाठ सिक्न नसकेकोउहाँको भनाई छ ।


प्रतिक्रिया