न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधिशले मार्गप्रशस्त गर्नैपर्छ : पूर्व न्यायाधिश प्रकाश वस्ती

कार्तिक ९, २०७८ | Kathmandu

पूर्व न्यायाधिश प्रकाश वस्तीले न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पदबाट राजीनामा दिनुको विकल्प नभएको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै वस्तीले जबराको राजीनामा न्यायालयका लागि मात्रै नभई व्यक्तिगत रुपमा पनि उचित हुने बताउनुभयो । जबराले उचित न्यायिक नेतृत्व गर्न असफल भएको भन्दै तत्काल मार्ग प्रशस्त गर्नुपर्ने वस्तीले बताउनुभयो । पछिल्ला यी विवादको निरुपण तत्काल नभए न्यायलयकै अस्तित्व संकटमा पर्ने र न्यायालयप्रति जनआस्था डग्मगाउने उहाँको भनाई थियो ।


प्रतिक्रिया