प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोगबाट हटाउनुपर्छ : पोखरेल

मंसिर १९, २०७८ | काठमाडौं

सत्तारुढ माओवादी केन्द्रका स्थायी कमीटि सदस्य लिलामणी पोखरेलले सर्वोच्च अदालतको निकासका लागि राजिनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आग्रह गर्नुभएको छ । राजिनामा नआए महाअभियोग लगाएर हटाउनुपर्ने पोखरेलले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले प्रधानन्यायाधीशको राजिनामा नआए संसद बैठकमा महाअभियोगको प्रस्ताव लगिने बताउनुभयो । सत्ता गठवन्धन दलमा एमसीसीलाई लिएर कुनै विवाद नरहेको र अहिलेकै अवस्थामा पारित नहुने स्थायी कमीटि सदस्य पोखरेलले बताउनुभयो ।


प्रतिक्रिया