स्वतन्त्र उम्मेदवारमा आशा खोजीदैछ – डा बराल

जेष्ठ २६, २०७९

प्रतिबद्धता अनुसारका काम हुन नसकेका कारण स्थानिय तहमा स्वतन्त्र उम्मेदवारहरुमा आशा खोजीएको राजनीतिक विश्लेषक डा उमानाथ बरालले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै डा. बरालले भाषण र चुनावमा गर्ने महत्वकांक्षी घोषणा व्यवहारिक कार्यन्वयनमा नआउँदा पनि युवाहरुलाई राजनीति प्रति नै वितृष्णा जाग्ने गरेको बताउनुभयो । संधै जसो एउटा नेतृत्व र पुरा हुन नसक्नै एकै खाले भाषण र चुनावी घोषणाबाट आजित युवा पुस्ताले आफ्नो भविश्य आफैं खोज्न थालेको बरालको भनाई छ ।


प्रतिक्रिया