थाँती रहेका काम पूरा गर्न पनि म नै पुनः अध्यक्ष हुनुपर्छ : कर्माछिरिङ शेर्पा, एन्फा अध्यक्ष

जेष्ठ २७, २०७९

थाँती रहेका काम पूरा गर्न पनि म नै पुनः अध्यक्ष हुनुपर्छ : कर्माछिरिङ शेर्पा, एन्फा अध्यक्ष

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आपूले शुरु गरेको काम पूरा गर्न बाँकी रहेकाले अर्को कार्यकाल पनि नेतृत्वमा पुग्नै पर्ने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले कोभिड महामारीका कारण कतिपय कार्यक्रमहरुलाई पूर्णता दिन नसकिएकाले पनि अबको ४ वर्ष आप्mनो नेतृत्व स्थापित हुनुपर्ने बताउनुभयो । चेन्ज एन्फाको नारालाई आफैंले पूर्ण कार्यान्वयन गरेको भन्दै शेर्पाले जसका विरुद्ध कार्यक्रम सञ्चालन गरियो उसैको साथ लिएर नेतृत्वमा पुग्ने सपना नदेख्न पनि अध्यक्षका प्रत्यासीहरुलाई सुझाव दिनु भयो ।

नेतृत्व परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन भएन : पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष, एन्फा

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले संघमा नेतृत्व परिवर्तन भएको तर प्रवृत्ति परिवर्तन नभएको बताउनु भएको छ । कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै नेम्वाङले अरुलाई आर्थिक अनियमितताको आरोप लगाउने अध्यक्ष शेर्पाले समेत त्यसैको सिको गरेकोमा आश्चर्य व्यक्त गर्नुभयो । एन्फामा सामूहिक नेतत्व, नयाँ र प्रभावकारी कार्यक्रम, खेलाडीको वृत्ति विकास लगायत कामका लागि पनि आपूmलाई विजयी बनाउनु पर्नेमा जोड दिनुभयो । विधि र विधानभन्दा माथि कोही पनि नरहेको तर शेर्पाले आपूmलाई ती सबैभन्दा माथि राख्ने गरेको उहाँको आरोप थियो ।


प्रतिक्रिया