युवाको क्षेत्रमा काम गर्न बजेट पर्याप्त छैन : युवा परिषद उपाध्यक्ष बस्नेत

जेष्ठ ३०, २०७९ | kathmandu

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षेत्रमा काम गर्न पर्याप्त बजेट नरहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उपाध्यक्ष बस्नेतले युवाका लागि तालिम, परामर्श लगायत क्रियाकलाप गरेपनि बजेट अभावमा नतिजामुखी परिणाम नदेखिएको बताउनुभयो । युवाको संख्या धेरै तर बजेट भने कम विनियोजन हुने गरेकाले कतिपय नीति तथा योजनाको लक्ष्य पुरा हुन नसकेको उहाँको भनाई थियो । विभिन्न मन्त्रालयमा छरिएर रहेका युवा लक्षित बजेटलाई एकीकृत गरी नतिजामुखी कामका लागि परिषदले पहल गरीरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया