राजनीतिक दलहरु कालोबजारीका दोकान जस्ता भए : नेता भण्डारी

असार ४, २०७९ | kathmandu

नेपाली कंग्रेसका नेता डा चन्द्र भण्डारीले राजनीतिक दलहरु बालोबजारीका दोकान जस्तो भएको आरोप लगाउनुभएको छ । सत्ता राजनीतिका लागि जस्तो सुकै हतकण्डा गर्न पनि पछि नपर्ने, राजनीतिक विचार र सिद्धान्तलाई तिलान्जली दिएर चुनावी तालमेल गर्ने, सत्तामा आफु निकट र आसेपासेको हालिमुहाली मात्रै हुँदा राजनीति बदनाम भईरहेको डा भण्डारीको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा भण्डारीले समग्र राजनीतिक प्रणाली र प्रशासनिक संयन्त्रकै पुर्नसंरचना गर्नुपर्ने बेला आएको बताउनुभयो ।


प्रतिक्रिया