नेपालको शिक्षा अन्यत्रको तुलनामा सस्तो छ तर यहाँका अभिभावकको आर्थिक हैसियतको तुलनामा केही महँगो: रमेश सिलवाल, अध्यक्ष, हिसान

असार १०, २०७९

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल हिसानका अध्यक्ष रमेश सिलवालले नेपालमा प्रदान गरिने शिक्षा महँगो नभएको तर अभिभावकको आर्थिक क्षमता कमजोर भएकाले त्यस्तो भान हुन गएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले अभिभावकहरुमा आफ्ना सन्तानलाई विदेश पढ्न पठाउन मोह पनि त्यसैका कारण बढेको उल्लेख गर्नुभयो । उच्च शिक्षाका लागि विदेश जानेको संख्या बढ्नुमा पछिल्लो २ वर्ष कोरोनाका कारण विद्यार्थीहरु नेपालमै अड्किन पुग्नु पनि भएको उहाँको कथन थियो । नेपालमा पढाई हुने विषय र संकायको विविधताका बारेमा पनि अभिभावकहरुलाई कम जानकारी हुनुले पनि विदेश अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको सिलवालले बताउनुभयो । अभिभावक र विद्यार्थीमा जानकारी बढाउने उदेश्यले आफूहरुले वर्षेनी एडुफेयर सञ्चालन गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया