नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुहुन्छ भन्ने विश्वास छ : सभामुख सापकोटा

आश्विन २, २०७९

नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नेमा आफु विश्वस्त रहेको सभामुख अग्नि सापकोटाले बताउनुभएको छ । संघीय संसदबाट पारित भईसकेको विधेयक राष्ट्रपतिबाट पनि प्रमाणिकरण हुनेमा आफु विश्वस्त रहेको सभामुख सापकोटाको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै सभामुख सापकोटाले नागरिकता विधेयकमा प्रतिनिधिसभाले आफ्नो जिम्मेवारी पुरा गरिसकेको बताउनुभयो । संविधानसंग सम्वन्धित कानूनहरु निर्माण भएपछि जनअपेक्षा अनुसारको काम गर्न भने संसद चुेकेको सभामुख सापकोटाको भनाई छ ।


प्रतिक्रिया